आर्थिक

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षबाट सपथ ग्रहण

२७ वैशाख, काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले आज बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गरेका छन् ।

उक्त अवसरमा नव निर्वाचित अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे ।

साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्य्क्षज्यूबाट हेम राज ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिए ।