२९ वैशाख, काठमाडौँ । प्रेस काउन्सिल नेपालले कर्मचारी आवेदन आह्वान गरेको छ । शुक्रवार सूचना जारी गर्दै काउन्सिलले अधिकृत प्रशासन छैटौँ सहित १२ जनाको लागि आवेदन माग गरेको छ ।
१८ जेठ सम्म योग्यता पुगेका नेपाली उम्मेदवारले निवेदन पेस गर्न सकिनेछ । दोब्बर दस्तुर तिरेर २५ जेठसम्म निवेदन दिन मिल्ने काउन्सिलले जनाएको छ ।
सूचनामा अधिकृत (प्रशासन) छैटौँमा खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा)मा महिला १ जना, सहायक स्तर (पाँचौँ) खुल्लामा २, महिला १, आदिवासी जनजाति १ गरी चार जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको उल्लेख गरिएको छ ।