ब्रेकिङ न्युज

सभामुखको आदेश अटेर गर्दै श्रम संस्कृति पार्टीका सांसदले गरे वेल घेराउ

३ असार, काठमाडौं । सभामुखसँगको सवाल-जवाफपछि श्रम संसकृति पार्टीका सांसदले प्रतिनिधिसभाको वेल घेराउ गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने क्रममा सो पार्टीका सांसदले वेल घेरेका हुन्।

मन्त्रीले दिएको जवाफ चित्त नबुझेको भन्दै सांसद हर्क साम्पाङले प्रतिप्रश्न गर्न माग गरेका थिए । तर, स्पष्टीकरणमाथि स्पष्टीकरण नहुने भन्दै सभामुख डोलप्रसाद अर्यालले समय नदिएपछि साम्पाङले उभिएर विरोध जनाए ।

त्यसपछि सभामुखले हर्कलाई बस्न आदेश दिए । तर हर्क बसेनन् । सभामुखले आदेश पालन गर्नु पत्येक सांसदको कर्तव्य भन्दै उनले पालन गर्न पुनस् आदेश दिए ।

तर, श्रम संस्कृति पार्टीका सांसदले वेलमा उभिएर नाराबाजी गरिरहेका छन् ।