३१ बैसाख, काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उहाँलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आजसाँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।”
उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएदेखि नै उनी फरार रहेको प्रहरीले जनाएको छ । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई पहरीले हिराशतमा राखेर अनुसंधान गरिरहेको छ । प्रहरीले उनलाइ पक्राउ गर्न देशभर पत्राचार गरेकाे थियाे ।





