समाचार

नागरीकता बिधेयक तत्काल पास गर्न काँग्रेस नेता निधिको राष्ट्रपति पौडेललाई आग्रह

१० जेठ, काठमाडौं । नेपाली काँग्रेसका नेता बिमलेन्द्य्र निधिले नागरीकता बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलले पास गर्नुपर्ने बताएका छन् ।
आजको संसद बैठकमा शून्य समयमा बोल्दै दुईपटक राष्ट्रपतिकोमा पुगेको नागरीकता बिधेयकलाई अब राष्ट्रपतिले रोक्न नहुने बताएका छन् ।
उनले राष्ट्रपतिलाई खबाब दिनका लागि सरकारले पनि सरोकार वा चासो देखाउनुपर्ने भन्दै नागरीकता बिधेयक पास गर्नुको बिकल्प राष्ट्रपतिलाई नभएको तर्क गरेका छन् ।
उनले भनेका छन्, ‘आजको समाचार पत्रहरुमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरुको बीचमा नागरिकता विधेयक प्रमाणिकरण गर्ने विषयमा छलफल भएको समाचारहरु सुन्यौं। यो नागरिकता विधेयक प्रमाणिकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरु खोज्नु भएको छ अरे भनेर सुनेको छु। म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने र यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नु भएको छ। राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रीपरिषद नै हुन्छ। अव त्यो संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन। र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ। मन्त्रीपरिषदले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु परेन। यो संविधानसम्मत कुरा नै हो। त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाँही सम्पूर्ण रुपमा सक्रिय भईदिनु प¥यो भन्ने कुरा राख्न चाहन्छु।’

राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको कार्यकालमा पटक पटक नागरीकता बिधेयक फर्ता पठाएकी थिईन् । नागरीकता बिधेयक फिर्ता पठाएको भन्दै उक्त समयमा राष्ट्रपति भण्डारीको बिपक्षी दलहरुले बिरोध गरेका थिए भने जनताले पस नगरेकोमा राष्ट्रपति भण्डारीको प्रशंसा गरेका थिए ।