११ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालको भारत भ्रमण जेठ १७ गतेको लागि तय भएको छ ।
प्रधानमन्त्री दहालले १७ गतेदेखी २० गतेसम्म भारत भ्रमण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएको सञ्चारमाद्यमहरुले दाबी गरेका छन् ।
पराराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री भारत भ्रमणको बिषयमा छलफल भईरहेको र छिटै टुंगो लाग्ने बताएका छन् ।
प्रधानमन्त्री दहालले १९ गते आफ्ना समकक्षी नरेन्द्र मोदीसँग भेट्नेछन् र २० गते प्रधानमन्त्री दहाल काठमाडौं फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमणलाई थप उपलब्धिमूलक बनाउन परराष्ट्र मन्त्री एनपी साउनलगायत सरोकारवाला निकायहरु आन्तरिक छलफलमा जुटेका छन् ।
यसअघि नै प्रधानमन्त्री दहालको भारत भ्रमणका लागि प्रयास भएपनि दुबै पक्षका परराष्ट्रका अधिकारीहरुको समन्वयमा जेठ १७ गतेका लागि समय मिलेको हो । उनको भ्रमणमा अन्य बिभिन्न भेटघाटका कार्यक्रमहरु पनि रहनेछन् ।





