सामाजिक सञ्जाल

तरुण दलका पूर्व महासचिव पदम सुन्दर पालुङ्गाको घर जलेकोमा नेता बस्नेत दुःखी, साथमै रहने आश्वासन

१४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले तरुण दलका पूर्व महासचिव पदम सुन्दर पालुङ्गा ज्यूको ताप्लेजुङमा अवस्थित निजी निवासमा आगलागी भई घर जलेर नष्ट भएको खबरले अत्यन्तै दुखित भएको जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै आम मानिसको दुःख बिपत्तिमा सदैव सहयोगी र साहसको रूपमा उभिने मानिस आफै बिपत्तिमा पर्दा देशभरीका साथीहरु चिन्तित रहेको भन्दै बिपत्तिको घडीमा आफु सम्हालिन र परिवारजनलाई सम्हालेर राख्नको लागि आग्रह गरेका छन् ।
तरुण तलका निबर्तमान अध्यक्षसमेत रहेकका युवा नेता बस्नेतले जटील अवस्थामा आफुहरुपरिवारजनसँग संगै हिँडेन तयार रहेको उनले बताएका छन्।

युवा नेता बस्नेतको स्टाटस्ः
नेपाल तरुण दलका पूर्व महासचिव पदम सुन्दर पालुङ्गा ज्यूको ताप्लेजुङमा अवस्थित निजी निवासमा आगलागी भई घर जलेर नष्ट भएको खबरले अत्यन्तै दुखित छु । आम मानिसको दुःख बिपत्तिमा सदैव सहयोगी र साहसको रूपमा उभिने मानिस आफै बिपत्तिमा पर्दा देशभरीका साथीहरु चिन्तित छन् । यो बिपत्तिको घडीमा आफु सम्हालिन र परिवारजनलाई सम्हालेर राख्नको लागि आग्रह गर्दछु । साथै हामी सबै तपाईको शुभचिन्तकहरु तपाईको साथमा रहेको अवगत गराउँदछु।