सामाजिक सञ्जाल

बालेन शाहको साँसदलाई कडा कडा प्रश्नः वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ ?

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाहले साँसदहरुलाई वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ भनेर भनेर प्रश्न गरेका छन् ।
उनले स्टाटस् लेख्दै सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो भन्दै उक्र प्रश्न गरेका हुन् ।
जेठ १५ गते गणतन्त्र दिवशका दिन राष्ट्रपति, प्रधानमन्त्तीलगायतको उपस्थितिमा भएको टुंडिखेलको कार्यक्रममा नगएका बालेनले साँसदहरुलाई कडा प्रश्न गरेका छन् ।
साँसद बिकास कोषको लागि प्रति साँसद ५ करोड सरकारले छुट्यापछि काठमाडौंका मेयर शाहको यस्तो टिप्पणी आएको हो ।
उनको स्टाटस्ः

सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो ।
वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।