सामाजिक सञ्जाल

अब बिबाह भएकै दिन भारतीय महिलाले साँसद/मन्त्री हुन पाउने गरी पास गरिएको नागरिकता बिधेयकले राष्ट्रपतिको गरिमा घट्योः कमल थापा

१७ जेठ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति रामचन्द्र पौडेलले नागरीकता बिधेयक पास गरेर सरकार भारतलाई खुशी पार्न बनेको स्पष्ट भएको बताएका छन् ।
उनले ट्वीट गर्दै निबर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारीले पास नगरेर सरोकार नै नभएको भारतीय चेलाीलाई थपक्क साासद र मन्त्री बन्न मिल्ने नागरीकता बिधेयक पास गर्नु राष्ट्रपति संस्था कै अपमान हो, राष्ट्रप्रति बेईमानी हो भनेका छन् ।
उनले राष्ट्रपति सँस्था भएको र नागरीकता कागजको खोस्टोमात्र नभएको अध्यक्ष थापाको तर्क छ ।

उनले ट्वीट गर्दै भनेका छन्ः
भारतीय नागरिकले नेपाली चेली विवाह गरेर लैजांदा उनले भारतको नागरिकता पाउन ७ वर्ष कुर्नुपर्छ।राष्ट्रपति पौडेलले आज प्रमाणिकरण गरेको विधेयक लागु भएपछि नेपाली नागरिकले विवाह गरेको भारतीय महिलाले विवाह कै दिन नागरिकता पाउने छिन, सांसद मन्त्रि हुन पाउंछिन।
नागरिकता कागजको खोस्टो होईन
तत्कालीन राष्ट्रपति भण्डारीले वैवाहिक अंगिकृत नागरिकता लगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर विधेयक रोकेकी थिईन्।
अहिले नयां चुनावबाट नयां जनादेश प्राप्त संसद आएको अवस्थामा राष्ट्रपति पौडेलले ९महिना अघि निस्कृय भैसकेको विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान हो
प्रमको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ,यो विधेयक कसलाई खुसी पार्न बनेको हो।राष्ट्रहित विपरित ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान हो।राष्ट्रप्रति बेईमानी हो