समाचार

प्रधानमन्त्री दाहाल पाँच मन्त्रीसहितको टोली भारत प्रस्थान

१७ जेठ, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । 

चार दिने लामो भारत भ्रमणमा प्रधानमन्त्रीले नेतृत्व गर्दै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाश शरण महत, उद्योग मन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायतलाई सँगै लगेका छन् । 

भारत भ्रमण गरेको प्रधानमन्त्री दाहालको भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने कार्यक्रम छ । 

प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गरे ।

सो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।