पत्रपत्रिका

नक्कली सरकारी कार्यालय खडा गरेर ठगी धन्दा

३० जेठ, काठमाडौँ । मुलुकको रजधानी काठमाडौंमा नक्कली सरकारी कार्यालय खोलेर ठगी धन्दा चलाउन सम्भव होला ? धेरैको उत्तर हुनसक्छ – सम्भावना कम छ ।

तर, काठमाडौँको बूढानीलकण्ठ –५ मा नक्कली सरकारी कार्यालय खडा गरी ठगी धन्दा गरेको घटना फेला परेको छ ।

कृषि मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यालय सञ्चालनमा छ । देशको विभिन्न स्थानमा यस्ता कार्यालय खोलीएका छन् । तर जयराम नामका एक व्यक्तिले बूढानीलकण्ठमा सरकारी कार्यालय जस्तै गरी अन्तर्राष्ट्रिय खाद्य सुरक्षा स्थापना गरेर ठगी धन्दा चलाउदै आएको फेला परेको हो ।

केसीले आफूलाई कृषि मन्त्रालयका उपसचिवका नाममा चिनाउँदै दुईतले घर बहालमा लिएर नक्कली कार्यालय खोलेका थिए । केसीले यो कार्यालयमा राष्ट्रिय झण्डा हाल्नेदेखि कर्मचारी पनि नियुक्त गरेका थिए ।

उनले सरकारी लोगो र छाप पनि नककली बनाएर प्रयोग गर्दै आएका थिए । आजको कारोबार दैनिकमा समाचार छ ।