उर्जा

इपानको अधिवेशनबाट अध्यक्षमा सर्बसम्मत कार्कीसहित यस्तो भयो समूह निर्बाचित

१ असार, काठमाडौँ । इप्पानको अध्यक्षमा गणेश कार्की निर्विरोध चुनिएका छन् । निर्वाचन समितिले प्रतिस्पर्धी किरण मल्लको उम्मेदवारी खारेज गरेपछि कार्की निर्विरोध भए ।

प्रमुख निर्बाचन अधिकृत चिरञ्जीवी खनालले अर्का प्रत्यासी किरण मल्लको उम्मेद्वार बन्ने योग्यता नपुगेको भन्दै खारेज भएपछि कार्की स्वतः अध्यक्ष बनेको बताए । मल्ल पक्षका १४ जना उम्मेद्वारको उम्मेद्वारी खारेज भएपनि इपान निर्बाचनमा बिबाद बढेको छ ।

निर्बाचन समितिले बिधानसम्मत गरेको बताएको छ भने मल्ल पक्षले निर्वाचन अधिकृतले दिउँसो अदालतमा गएर उम्मेदवारी कायम छ भन्ने र बेलुका अदालत बन्द भएपछि आएर रद्द भएको पत्र थमाउन मिल्छ भन्ने प्रश्न गरेको छ ।


२५ जना कार्यसमिति सदस्य रहने इपानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, उपाध्यक्षमा भरतबहादुर खत्री, उत्तम ब्लोन लामा, रामप्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरी निर्बाचित भएका छन् ।


यस्तै महासचिवमा बलराम खतिवडा, उप–महासचिवमा प्रकाशचन्द्र दुलाल, कोषाध्यक्ष नरेन्द्रबल्लभ पन्त, सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल कँडेल, विक्रम विष्ट र हिमप्रसाद पाठक, तीन महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमनकुमारी श्रेष्ठ तथा सदस्यहरूमा उत्तरकुमार श्रेष्ठ, कुवेरमणि नेपाल, टेकनाथ आचार्य, भरतप्रसाद पराजुली, मिथुन चक्रवर्ती प्रसाद पौडेल, विजयमोहन भट्टराई र शंकर बस्याल विजयी भएका छन् ।