समाचार

२४ जना यात्रु सवार बस ललितपुरको बाहुनधारामा दुर्घटना

२ जेठ, काठमाडौं । ललितपुरमा बाहुनधारामा बस दुर्घटना भएको छ ।

लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस आज बिहान महालक्ष्मी नगरपालिका १ बाहुनधारामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

२४ जना यात्रु सवार रहेको बस अनियन्त्रित भई सडकमा पल्टिँदा चालकसहित केही व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्‍याइएको छ । थप विवरण आउन बाँकी छ ।