प्रवास

पार्टीभित्रका असहमती पार्टी बदनाम हुनेगरी मिडियामा नल्याउन काँग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतको आग्रह

२० असार, न्यूयोर्क, अमेरीका । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टीभित्रका असहमती, असमझदारी मिडिायमा नल्याउन पार्टीभित्रै छलफल गरेर मिलाउन हाग्रह गरेका छन् ।
अमेरीका भ्रमणमा रहेका नेपाल तरुण दलका अध्यक्षसमेत रहेका नेता बस्नेतले जनसम्पर्क समिति अमेरीकाको अन्तरकृया कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

कांग्रेसको विशेष पहलमा सरकारले गैरआवासीय नेपालीले नागरिकता पाउने निर्णय गरेकोमा कार्यक्रममा स्वागत गर्दै पछिल्लो समयमा नेपाली काँग्रेसले राजनीतिक बृतमा खेलेको भूमिकाको जनसम्पर्क समितिका सभापति आनन्द बिष्टले दाबी गरेका छन् ।

बिष्टले भनेका छन्, ‘नेपाल हाम्रो मातृभूमि हो । नेपालका नागरिक सरह हामीले पनि जन्मसिद्ध अधिकार पाउनुपर्छ’, विष्टले भने, ‘सांस्कृतिक अधिकार पाउनुपर्छ । हाम्रा यी अधिकारको पूर्णरुपमा सम्बोधन नभए पनि केही कुरा सम्बोधन भएका छन् ।’

अन्तरकृया कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले जनसम्पर्क समितिले नेपालको परिवर्तित आन्दोलनमा पुर्‍याएको भन्दै प्रशंसा गरेकी छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य बस्नेतले पार्टीभित्रका कुरा छताछुल्ल गर्न नहुने भन्दै पछिल्लो समय केही नेताहरूले मिडियामा धेरै बोल्ने र पार्टीभित्र छलफल नगर्ने गरेको बताउँदै उनले यस्तो खाले भूमिकाले पार्टीलाई दीर्घकालसम्म असर गर्ने भएकाले असन्तुष्टीहरु बाहिर पोख्न नहुने विचार ब्यक्त गरेका छन् ।

जनसम्पर्क समितिको महत्वपूर्ण अन्तरकृया कार्यक्रममा पूर्वमहासमिति सदस्य श्यामकाजी गुरुङ, महासमिति सदस्य मिर्दुला कोइराला, महासचिव मुनेन्द्रविक्रम नेङ्वाङलेसमेत आफ्नो विचार राखेका थिए ।
केहीदिनदेखी केन्द्रीय समस्य बस्नेत र डा डिला संग्रौला अमेरीका भ्रमणमा निस्किएका छन् ।