कर्णाली प्रदेश

कर्णाली प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

३१ असार, कर्णाली । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न विधेयक’ र ‘आर्थिक वर्ष २०८०÷८१ को सेवा र कार्यका लागि कर्णाली प्रदेश सञ्चित कोषबाट केही खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेयक’ आज प्रमाणीकरण गरेका हुन् ।

उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालय वीरेन्द्रनगर सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।