आर्थिक

एनआईसी बैंकले ल्यायो मुद्दती खाता कर्जा, अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै पाइने

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ मुलुकको बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट सेवा तथा योजनाहरू ल्याइरहेको एन आई सी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा नामको अर्को एक उत्कृष्ट योजना ग्राहक महानुभावहरू माझ ल्याएको छ ।

यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रू २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहकले मोबाइल बैंकिङ्ग एप वा वेबसाइटमा उपलब्ध ‘Apply for Loan Against FD’ विकल्प जान सक्नेछन् । उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि रू २ लाखसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त हुनेछ ।

अब उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकको खातामा तुरुन्तै जम्मा हुनेछ । साथै, यस योजनमार्फत रू २ लाखभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहकले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्नेछन् ।