स्वास्थ्य

प्रभु बैंक र धुलिखेल डेण्टल केयरबीच छुट सम्झौता

४ साउन, काठमाडौं । प्रभु बैंक धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर प्रा.लि. बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले सो डेण्टल केयरबाट सेवा लिएबापत बैंकको डेविट कार्ड,क्रेडिट कार्ड,मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समुहका व्यक्तिको दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट पाउनेछन् ।

सम्झौता पत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेण्टल केयरका प्रबन्ध संचालक अमिर हमालले हस्ताक्षर गरेका छन् । प्रभु बैंकले काभ्रे जिल्लामा ८ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ ।

“विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने नाराका साथ शक्तिशाली,मजबुद, प्रगतिशिल र विश्वसनीयताका साथ नयाँ उचाईमा रहेको प्रभु बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल शाखा ३०१ पुगेको छ भने ७१ वटा एक्सटेन्सन काउन्टर २६ वटा शाखा रहित बंैकिङ र २७५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।