समाचार

भारतद्वारा चामल निर्यातमा प्रतिबन्ध

४ साउन, काठमाडौं । भारतको विदेश व्यापार महानिर्देशनालयले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।

सूचनामा भनिएको छ, “निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ ।” भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको हो ।