समाचार

ललिता निवास प्रकरण : थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

५ साउन, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौँले यो प्रकरणमा पक्राउ परेकाहरु मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

ललिता निवास जग्गा प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।