५ साउन, काठमाडौं । सानिमा बैंकले ब्यालेन्ज सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ ।
सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्ज सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्ज सर्टिफिकेटमा उल्लेखित QR code स्क्यान गरेर तथा बैंकको आधिकारिक वेवसाइट मार्फत लिन सकिनेछ ।
यसैगरी, बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुबिधाको व्यवस्था गरेको छ । यस अन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइट मार्फत लिन सकिनेछ ।
यस सुविधाको सुरुवातसँगै नक्कली Balance Certificate र नक्कली गुड फर पेमेन्ट चेकहरूबाट ग्राहकहरूलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ ।




