५ साउन, काठमाडौं। नेकपा एमाले निकट भातृसंगठन राष्ट्रिय युवा संघले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै मसाल जुलुश प्रदर्शन गरेको छ।
शुक्रबार नयाँ बानेश्वरमा तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्री श्रेष्ठलाई पदमा बसिरहने नैतिकता नरहेको भन्दै जुलुश प्रदर्शन गरेको छ।





