समाचार

सुन तस्करी प्रकरण : आरोपितलाई ९ दिन थुनामा राख्न उच्च अदालतको आदेश

५ साउन, काठमाडौं। त्रिभुवन अन्तरराष्टिय विमानस्थलबाट बरामत भएको सुन प्रकरणमा पक्राउ परेका आरोपितलाई ९ दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

शुक्रबार उच्च अदालत पाटनले सुन तस्करी प्रकरणमा पक्राउ गरेका सुन तस्करी गिरोहका नाइके भनिएका चिनियाँ नागरिक जीक्वाङ लिन, सुनसहितको सामग्री ल्याउने कार्गो ट्रान्स ग्लोबल सर्भिसका सञ्चालकहरु कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई ९ दिन थुनामा राखेर अनुसन्धान गर्न राजस्व अनुसन्धन विभागलाई आदेश दिएको हो ।

सुन तस्करी प्रकरणमा विभागले १० जनालाई पक्राउ गरेको थियो ।