अन्तर्राष्ट्रिय

सडक दुर्घटनामा ११ किशोर घाइते

२० साउन, एजेन्सी । अमेरिकाको उत्तरपश्चिमी राज्य इडाहोमा शुक्रबार किशोर क्याम्पर बोकेको एउटा स्कुल बस शुक्रबार घुमाउरो राजमार्गमा पल्टिँदा ११ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

एघार जना घाइतेमध्ये, सात जना गम्भीर र चार सामान्य गाइते भएका छन् । बसमा रहेका सबै बच्चालाई स्थानीय अस्पतालमा पु¥याइएको इडाहो राज्य प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनले बताए ।