२५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई धम्की व्यक्तीलाई गोली हानेर मारेको छ । राष्ट्रपतिलाई
फेसबुकमार्फत् धम्की दिँदै आएका क्रेग रोबर्टसन नामका व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारिएको हो।
बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले युटाहस्थित उनकै घरमा गोली हानेको हो ।
उनले फेसबुक वालमा राष्ट्रपति र बन्दुकका फोटाहरु राख्दै मार्ने धम्कीसहितका दर्जनौं स्टाटस लेखेका थिए ।





