२५ साउन, पोखरा । पोखरामा २४ तोला सुनसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ रहेको प्रहरीले जनाएको छ ।
उनी काठमाडौंबाट पोखरा आने क्रममा पृथ्वीचोकबाट पक्राउ गरेको बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





