खेलकुद

राष्ट्रिय स्क्वासः दीपक थापा फाइनलमा प्रवेश

२५ साउन, काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स सङ्घको आयोजनामा राजधानीमा भइरहेको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा दीपक थापा फाइनलमा पुगेका छन् ।

चीनको होङजाउमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा छनोट भएका अमिर ब्लोनलाई दीपकले २–११, ११–९, ११–७, १०–१२, १०–१२ ले स्तब्ध पार्दै फाइलनको यात्रा तय गरेका हुन् । यससँगै दीपकले फाइनलमा अब अरहन्त केशर सिम्हाविरुद्ध खेल्नेछन् ।

अरहन्तले अर्को सेमिफाइल खेलमा उमित शाक्यलाई ११–१, ११–३ र ११–८ ले पराजित गरेका थिए । सातदोबाटोस्थित नेपाल स्क्वास ¥याकेट सङ्घको भवनमा भएको महिला एकलतर्फको अर्को खेलमा कृष्णा थापा विजयी भइन् । उनले पहिलो चरणमा भावना सुनुवारलाई ३–०, दोस्रो चरणमा स्वस्थानी श्रेष्ठलाई ३–१ र तेस्रो चरणमा अस्मिता नगरकोटीलाई ३–० ले पाखा लगाइन् ।

त्यस्तै राष्ट्रिय च्याम्पियन विपना ब्लोनले पहिलो चरणमा भावना सुनुवार र दोस्रोचरणमा अस्मिता नगरकोटीलाई समान ३–० ले सोझो सेटमा पराजित गर्दै विजयी भइन् । पाँच खेलाडी मात्र सामेल महिला एकलमा राउनरोविन्डको आधारमा प्रतिस्पर्धा हुँदैछ । जसमध्ये शीर्ष दुई स्थानमा रहने खेलाडीबीच फाइनल हुनेछ ।

यही साउन २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पहिलो हुनेलाई रु २० हजार, (खुला पुरुष तथा महिला) दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने खेलाडीलाई रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै जुनियर ब्वाइजतर्फ पहिलो हुनेलाई रु ११ हजार, दोस्रो हुनेलाई रु छ हजार र तेस्रो हुनेलाई रु तीन हजार प्रदान गरिने भएको छ ।