२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्रका सभापति रवि लामिछानेले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् । तत्यस्तै, रास्वपाले राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई जानकारी दिए ।






