२६ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सुन प्रकरणको छानबिनको अधिकार संसदीय समितिलाई दिने विकल्प पेस भएको छ ।
शुक्रबार संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा ज्यका संयन्त्रले गरिरहेका अनुसन्धानलाई प्रभावित पार्ने गरी आयोग वा समिति बन्न नसक्नेमा अधिकांश नेताहरु एकमत देखिएका छन् ।
प्रतिपक्षी एमालेले सुन प्रकरणको छानबिनका उच्चस्तरीय आयोग गठनको माग गर्दै संसद अवरुद्ध गरिरहेका बेला प्रमुख सचेतक रमेश लेखकले सुन प्रकरणको छानबिन गर्ने अधिकार संसदको राज्य व्यवस्था समितिलाई दिन सकिने तर्क राखेका छन् ।
संसदीय समितिले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई समेत बोलाउ नसक्ने भएकाले उक्त विकल्प उत्तम हुने लेखकको धारणा थियो । बैठकमा नेता अर्जुननरसिंह केसीले पूर्व सर्वोच्च अदालतको बहालवाला न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउन सकिने धारणा राखे ।
त्यस्तै, नेता उदयशमरेर राणाले उच्चस्तरीय आयोगकै पक्षमा तर्क नराखे पनि विकल्पमा आयोग बनाउन सकिने धारणा राखेका थिए ।





