आर्थिक

नेपाल लाइफलाई पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिवद्वारा धन्यवाद ज्ञापन

२६ साउन, काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि को तीन दिवसीय ‘Leadership Excellence Awards, 2023’ भव्यतापूर्वक सम्पन्न भएको छ ।

चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “ सार्क वर्ष : पराक्रमी गति, आक्रामक नीति ” नाराका साथ सम्पन्न भएको हो । देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले अथक मिहेनत र परिश्रम गरेर कम्पनीलाई अव्वल बनाउन अहोरात्र लग्नु भएका अभिकर्ता साथीहरुलाई सम्मान गर्ने परिपाटी स्थापित गरि हरेक वर्ष झन् परिस्कृत र बृहत रुपमा कार्यक्रम संचालन भएको देख्दा मन हर्षित भएको र भव्य आयोजनाका निम्ति यस कम्पनीका व्यवस्थापन समितिलाई आफ्नो व्यक्तिगत तथा पेशागत बीमा अभिकर्ता संघ,नेपालको तर्फबाट धन्यवाद ज्ञापन गर्नुका साथ साथै आगामी दिनमा झन् भब्य र सभ्य कार्यक्रमहरु नेपाल लाइफद्वारा आयोजना हुनेमा आफु विस्वस्त रहेको कुरा बताए ।

विभिन्न समस्याका बाबजुद अथक परिश्रम गरि यस कम्पनीलाई बीमा क्षेत्रमा एक चम्किलो नक्षत्र रूपमा स्थापित गर्न प्रतिकुलतालाई अनुकुलतामा बदली कम्पनीलाई सर्वोत्कृष्ट बनाई सम्मानित हुनुभएका सबैलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा कम्पनीको लक्ष्य प्राप्तिका निम्ति दत्त चित्त भएर लागि पर्ने प्रतिबद्ता जाहेर गरे ।

बीमा क्षेत्रमा यस कम्पनीको स्थापना गरि नेपाली जनताको घर दैलोमा बीमाको सचेतना फैलाउने अवसर जुराई दिएकोमा संचालक समिति प्रति आभारी रहेको कुरा व्यक्त गरे । संचालक समितिको सोच र मार्गनिर्देशन, व्यवस्थापनको दृढ इच्छाशक्ति र अब्बल नेतृत्वकै कारण कम्पनीले आजको उचाई प्राप्त गर्न सकेको बताए ।

अभिकर्ता पेशा लाई थप मर्यादित बनाउन सबैको साथ र सहयोगको खाँचो रहेको बताए । नियामकिय निकाय नेपाल बीमा प्राधिकरणलाई अभिकर्ता मैत्री नीति नियम तर्जुमा गरि अभिकर्ता पेशालाई मर्यादित र व्यवसायिक बनाउन आग्रह गरे ।