राजनीति

प्रधानमन्त्री दाहाल चितवनमा

२६ साउन, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला चितवन आएका छन् । प्रधानमन्त्री दाहाल आज साँझ चितवन आइपुगेका छन् ।

प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहाल दुई दिनसम्म चितवनमा रहनेछन् । प्रधानमन्त्री दाहालको आज साँझसम्म पारिवारिक भेटघाट बाहेक अन्य कार्यक्रम तय नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नु बस्नेछन् । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री दाहाल पहिलो पटक चितवन आएका हुन् ।