समाचार

सुन तस्करी प्रकरण : राकेश अडुकिया र दुई चिनियाँ नागरिक थुनामुक्त

२७ साउन, काठमाडौं । अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् । राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान थुनामुक्त भएका हुन् ।

अनुसन्धानका क्रममा उनीहरुलाई अहिल्यै थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने गरी छाडेको प्रहरीले जनाएको छ । उनीहरुसँगै व्यवसायी राकेश अडुकिया पनि थुनामुक्त हुने प्रहरीले जनाएको छ ।

सुन तस्करी प्रकरणमा अध्यागमन विभागले शुक्रबार रोहन अडुकियालाई पनि पक्राउ गरेको थियो । व्यवसायी राकेश अडुकियाका छोरा रोहन दिल्लीबाट आएलगत्तै पक्राउ परेका थिए ।