राजनीति

सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको अध्यक्ष ओलीको आरोप

२७ साउन, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको टिप्पणी गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारको विरुद्ध बोल्नेहरुलाई अनेक बहानामा दु:ख दिएको आरोप लगाए । शनिबार गुरु लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको बताए ।

शर्मा दोषी थिए भने पहिले पनि पक्राउ गर्न सक्ने उनले बताए। त्यस्तै, ओलीले संसदमा सुन प्रकरणको विरोधमा बोलेपछि पक्राउ गरेर सरकारले प्रतिशोध लिन खोजेको बताएका हुन् ।