२९ साउन, काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ललिता निवास प्रकरणमा छानमिनका लागि सहयोग गर्ने बताएका छन् ।
आज युरोप भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले ललिता निवासमा गल्ती नगरेको बताएका छन् ।
नेपालले आफूले भ्रष्टाचार नगरेको बताउँदै बदमासी भएमा छानबिन गर्नुपर्ने त्यसमा पूर्ण सहयोग रहेको बताएका छन् ।





