३२ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । राष्ट्रपति पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेका हुन् ।
राष्ट्रपति पौडेलले अहिले स्वास्थ्य पनि ठिक भएको र संसद पनि चलिरहेकोले एक पटक भेट्न चाहेको सचिवालयले जनाएको छ । बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइनसकेको सचिवालयले जनाएको छ ।





