राजनीति

चीन भ्रमणमा ऊर्जा क्षेत्रको दूरगामी र महत्त्वपूर्ण सहमति जुट्ने विश्वास लिएको छु : प्रधानमन्त्री

१ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दूरगामी र महत्त्वपूर्ण सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिक उत्सव कार्यक्रममा भारत भ्रमणका क्रममा १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने प्रारम्भिक सहमति भएको स्मरण गर्दै चिन सँग पनि महत्त्वपूर्ण सहमति जुट्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले भने, ‘मेरो आगामी महिना हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सहमति हुने विश्वास लिएको छु ।’