मनोरञ्जन

मिरुना मगरको ‘पिरतीको मुस्कान’सार्वमजिक (भिडियो)

३ भदौं, काठमाडौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाण्डौको राइजिङ मलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो ।

देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ । यो गीत करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

आफ्नै गीतमा पहिलो चोटि डान्स गर्दाको अनुभवबारे कार्यक्रममा करणले बोलेका थिए । सुटिङका कारण मिरुना कार्यक्रममा सहभागी हुन नसकेको बताउदै करणले मिरुनाको तारिफ गरेका थिए ।