मनोरञ्जन

अभिनेत्री केकी लेख्छिन् : यो सस्तो स्टन्टले देश बन्दैन

२९ असार, काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन् । आज आफ्नो फेसबुकमा केकीले लेखेकी छन्, स्टन्टले देश बन्दैन ।

उनले कति रोजगारी सिर्जना भए, कतिजनाले रोजगारी पाए भन्ने प्रश्न जनताले सोध्ने दिन आएको बताएकी छन्।

हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो ? कतिले रोजगारी पाए ? अब जनताले सोध्ने दिन आए, उनले भनेकी छन्, खै रोजगारीको प्रत्येक दिनको उपलब्धिको लिस्ट राखौँ बरु । त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला । जनताको निराशा पनि पक्कै हटेर जाला । यो सस्तो स्टन्टले देश बन्दैन !!