राजनीति

प्रदेश संरचना खारेज गरौँ, अधिकार सम्पन्न स्थानीय सरकार कायम गरौँ : कमल थापा

३ भदौ, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कोशी प्रदेशमा सरकार गठन, विघटन, विश्वासको मत लिनेदिने क्रममा देखिएका विकृतिहरुले संघियता अस्थिरता,अराजकता र भ्रष्टाचारको अखडा हो भन्ने फेरि पनि प्रमाणित भएको बताएका छन् ।

अध्यक्ष थापाले एक स्टाटस लेख्दै प्रदेश संरचना खारेज गर्न आग्रह समेत रहेका छन् । “प्रदेश संरचना खारेज गरौँ, केन्द्रमा बलियो सरकार र स्थानीयतहमा अहिलेको भन्दाबढी अधिकार सम्पन्न स्थानीय सरकार कायम गरौँ”, उनले भनेका छन् ।

उनले लेखेका छन्, “कोशी प्रदेशमा सरकार गठन, विघटन,विश्वासको मत लिनेदिने क्रममा देखिएका विकृतिहरुले संघियता अस्थिरता,अराजकता र भ्रष्टाचारको अखडा हो भन्ने फेरि पनि प्रमाणित भएको छ । प्रदेश संरचना खारेज गरौँ, केन्द्रमा बलियो सरकार र स्थानीयतहमा अहिलेको भन्दा बढी अधिकार सम्पन्न स्थानीय सरकार कायम गरौँ ।”