४ भदौ, काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ ।
पूर्वप्रधानमन्त्रीद्धय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल समाजवादी पाटीका अध्यक्ष बाबुराम भट्टराईसँग पनि गए राति ललिता निवास जग्गा प्रकरणमा बयान कागजी गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य जानकारी दिएका छन्।
यस अघि सीआईबीले नेपाल र भट्टराईसँग बयान नलिइ सरकारी वकिल कार्यालयमा सीआईबीले छानबिन अनुसन्त्रधान प्रतिबेदन बुझाउने तयारी गरेको थियो ।
चौतर्फि आलोचना भएपछि सीआर्ईबीले सर्वोच्च अदालतले दिएको आदेश पालना नगर्दा अवहेलनाको मुद्दा लाग्न सक्ने भन्दै पूर्वप्रधानमन्त्रीद्धयको पनि बयान लिएका छन् ।





