समाचार

मुख्यमन्त्री उद्धव थापाविरुद्ध एमाले फेरि अदालत जाने

४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध फेरि अदालत जाने भएको छ ।

प्रदेशसभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीको समेत मत लिएर मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत पाएका छन् । तर एमालेले सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भन्दै अदालत जाने एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए ।

“संविधान जोगाउन पनि हामी अदालत जानै पर्‍यो । कानून नमान्ने र संसदीय गरिमा नराख्ने काम उहाँहरुबाट भएकै थियो । अब त निर्लज्जताको पनि सीमा रहेन”, कार्कीले भने ।