५ भदौ, काठमाडौं । त्रिभुवन बिश्वबिद्यालय स्नातकोत्तर प्रथम सेमेस्टरमा अध्ययनरत छात्रा एलिजा खत्रीले आत्माहत्या गरेकी छिन् ।
पत्रकारीता केन्द्रीय बिभागअन्तर्गतको प्रथम सेमेस्टरको परीक्षा संचालन भईरहेको बेला उनले आत्माहत्या गरेकी हुन् ।
बिबाहीत एलिजाले केन्द्रीय बिभागअन्तर्गत अध्ययन भईरहेको रत्नराज्य लक्ष्मी क्याम्पसका सहपाठीहरुलाई न्युप्लाजास्थित छात्राबासमा बस्ने बताऊने गरेकी थिईन् ।
मिलनसार स्वभाबकी एलिजाले आत्हत्या गरेका कारणहरूका बिषयमा बिभिन्न आंकलन गरिएपनि संबन्धित निकायको अनुसंधानपछि पुष्टी हुनेछ ।
एलिजाको आत्माहत्याका कारण पत्रकारिता बिभागमात्र नभएर आर आर क्याम्पस र सिंगो त्रिभुवन बिश्वबिद्यालय शोकमग्न छ । पोखरा स्थायी बसोबास भएकी एलिजा पत्रकारीता बिषयमा जेहेन्दार तथा धेरै नै मेहेनती भएको उनीसंग अध्ययन गर्ने साथीहरु बताउछन् ।