राजनीति

बालकोटमा ओली र नेम्बाङबीच भनाभन

६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले उपाध्यक्ष सुवास नेम्बाङबीच भनाभन भएको छ।

एमाले एक नेताका अनुसार अध्यक्ष ओलीले उपाध्यक्ष नेम्बाङलाई मंगलबार साँझ बालकोट बोलाएर सुन तस्करी काण्ड छानबिनका लागि कार्यादेश र मस्यौदाबारे ब्रिफिङ मागेका थिए । ओली र नेम्बाङबीच दुईबुँदे सहमतिको ड्राफ्टलाई लिएर नेम्बाङको भनाभन भएको एक नेताले बताए ।

ओलीले नेम्बाङलाई के लेख्या यस्तो ? यस्तै हुन्छ सहमतिको ड्राफ्ट ? भन्दै प्रश्न गरे । उनले अघि भने, “लेख्न त नेपालीमै लेख्या हो । अलिक भाषा सिकाउनुपर्ने जस्तो छ ।’

नेम्बाङले ओलीलाई जवाफ दिँदै भने, “लेख्नुपर्ने कुरा त्यहीँ लेखेको छ । भाषाको ज्ञान हुनेहरुले आफैं बुझ्नुपर्ने हो ।”