आर्थिक

सानिमा बैंकको दराजसंग ‘दराज मन्थ्ली पेडे योजना’का लागि सहकार्य

६ भदौं, काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दराज मन्थ्ली पेडे” अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ ।

ग्राहकहरुले बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्रदेखि श्रावण ०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु. ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु ७५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI)सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ । अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रकृयाको भिडियो सानिमा बैंकको आधिकारिक YouTube च्यानल मा राखिएको छ ।