राजनीति

मलाई गोली हान्न सक्छन् तर हत्कडी लगाउन सक्दैनन् : अध्यक्ष ओली

७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा आफूले कानुनी रुपमा हत्कडी लगाउने ठाउँ नराखेको दावी गरेका छन् ।

एमालेसम्वद्ध भूपू सैनिक तथा प्रहरी संगठन, भक्तपुरको कार्यक्रममा बोल्दै उनले आफूलाई कसैले गोली हान्न सक्ने तर कानुनी रुपमा हत्कडी लगाउन नसक्ने बताए।

अध्यक्ष ओलीले केही मानिसहरु आफ्नाविरुद्ध लागेको भन्दै अघि भने, “म प्रधानमन्त्री हुँदा, म परारष्ट्रमन्त्री हुँदा, म गृहमन्त्री हुँदा मेरा काम कारबहीहरुमा एक शब्द नचिप्लिओस् भनेर मैले कानुन पल्टाइपल्टाई फैसला गर्ने गरेको छुु, निर्णय गर्ने गरेको छु ।”

माकुराको जालोमा भैंसी फस्दैन भन्ने बुझ्नुपर्ने भन्दै उनले भने, “यिनीहरु माकुरोका जालो बनाउन हिँड्छन् केपी ओलीलाई पार्न । केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न जिउले थाहा पाउँछ । ओली आफ्नो देश बनाउने अभियानमा अगाडि बढेको छ । तपाईंहरु विश्वस्त रहनुस् ।”