तस्विरहरु

देउडामा प्रधानमन्त्रीसहित नेताहरूको छमछमी (तस्बीरसहित)

७ भदौं, काठमाडौं । ७ भदौ, काठमाडौँ । यहाँ बसोबास गर्दै आएका सुदुरपश्चिमबासीले आज गौरापर्व मनाएका छन् । भदौ ७ देखि ९ गतेसम्म चल्ने उक्त पर्वको पहिलो दिन सुदूरपश्चिम तथा मध्यपश्चिमका मानिसको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रमम प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसहितका नेताहरू उपस्थित भए ।

एमाले नेता भीम रावलसहित सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने रमेश लेखक, शेरबहादुर कुवँर, दामोदर भण्डारीहरू पनि सहभागी थिए । नेताहरूले सर्वसाधरणसँग देउडा खेलेका छन् । प्रधानमन्त्री प्रचण्डले पनि देउवाको छेउमा लागेर देउडा खेलेका थिए । देउडा गीत गाउँदै उनीहरूले देउडा खेलेका हुन् । प्रत्येक वर्ष गौरा पर्वको दिन काठमाडौं उपत्यकामा रहेका सुदूरपश्चिवासीहरूले टुँडिखेलमा देउडा खेल्ने गर्छन् ।