राजनीति

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष साबित भए : प्रधानमन्त्री दाहाल

१५ भदौ, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवास प्रकरणमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित भएको दाबी गरेका छन् ।

समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभामा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले अब अध्यक्ष नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको समेत दावी गरे ।

उनले अघि भने, “माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरु के हो कसो हो भनिराखे’ उनले भने, ‘पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।”

त्यस्तै, प्रधानमन्त्री दाहालले सीआईबीले बयान लिएको र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएको बताए । यससँगै आफ्नो पनि टेन्सन हटेको उनले सुनाए । ‘माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो’ केपी शर्मा ओली प्रधामन्त्री हुँदा पनि षड्यन्त्र हुने हो कि भन्ने आशंका रहेको भन्दै उनले भने, ‘अब त्यो स्थिति रहेन ।’