समाचार

हाम्रो नक्सालाई सबै छिमेकीले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय

१५ भद्र, काठमाडौँ । नेपाल सरकारले तीन वर्षअघि जारी गरेको भौगोलिक नक्सालाई नेपालका छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस नोट जारी गर्दै चीनले जारी गरेको नक्सामा नेपालको भूभाग भारतमा देखाएपछि त्यस सन्दर्भमा नेपालको धारणा सार्वजनिक गरेको हो ।

प्रेस नोटमा भनिएको छ, “नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध छ । नेपाल नक्सा नेपाली संसद्ले अनुमोदन गरेको र त्यसमा नेपाल सरकार प्रतिबद्ध छ । सन् २०२० मा नेपालको संसद्‍ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ ।”