समाचार

पुर्वयुवराज पारस शाह अस्पताल भर्ना

१५ भाद्र, काठमाडौं । पुर्वयुवराज पारस शाह छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । पुर्वयुवराज शाह शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भएका हुन्।

स्रोतका अनुसार चिकित्सकको सल्लाहअनुसार शाहको स्वास्थ्य परिक्षण भइरहेको छ । चिकित्सकका अनुसार शाहको गम्भीर समस्या भने देखिएको छैन ।