समाचार

सडकमा तारजडित शंकास्पद वस्तु भेटियो

१६ भदौ, गोरखा गोरखा नगरपालिका–९ कट्टेलचोकको सडक छेउमा कुकरमातारजडित शंकास्पद वस्तु भेटिएको छ ।

शनिबार बिहान करिब ५ बजे मर्निङ वाकमा जाने क्रममा सडक छेउमा शंकास्पद वस्तु भेटिए पछि प्रहरीलाई बोलाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएर त्यसलाई निष्क्रिय बनाउन लागिएको प्रहरी बताए ।