समाचार

शंकास्पद वस्तु कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटियो

१६ भदौ, गोरखा । गोरखा नगरपालिका–९ कट्टेलचोकको सडक छेउमा कुकरमातारजडित शंकास्पद वस्तु निस्क्रिय पारिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंककास्पद वस्तु निस्क्रिय पार्दा कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

शनिबार बिहान करिब ५ बजे मर्निङ वाकमा जाने क्रममा सडक छेउमा शंकास्पद वस्तु भेटिए पछि प्रहरीलाई जानकारी गरिएको थियो।